काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ नदिए बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले संसदीय परम्परा, मान्यता र मूल्य–पद्धतिलाई बेवास्ता गरेको आरोप लगाए । उनले कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले प्रस्तुति दिनु सामान्य भए पनि जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित रहनु उचित नहुने बताए । यस्तो अवस्था रहे आफूहरू बैठकमा सहभागी हुन नसक्ने र बहिष्कार गर्नुपर्ने स्थिति आउने उनको चेतावनी थियो ।