काठमाडौँ । सांसद श्रद्धा कुँवर क्षेत्रीले बेरोजगारी न्यूनीकरणका लागि कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्ने बताएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १६औँ योजनाले तय गरेको बेरोजगारी दर पाँच प्रतिशतमा झार्ने लक्ष्य पूरा गर्न सरकारले युवामुखी नीति ल्याउन आवश्यक रहेकोमा जोड दिइन् । उनले कृषिजन्य उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने सम्भावना हुँदाहुँदै सीमापारिबाट सस्तो मूल्यका वस्तु भित्रिँदा स्वदेशी उत्पादनले बजार नपाइरहेको उल्लेख गरिन् । त्यसैले करको दर र दायरामा आवश्यक परिमार्जन गरी समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन् । उनले युवा प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले ल्याउने नीति तथा कार्यक्रम नेपाली युवा उद्यमीका लागि सहारा बन्नुपर्ने धारणा समेत व्यक्त गरिन् ।