काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सकेर जवाफ दिने कार्यक्रम रहेको छ । यसअघि नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो ।
तर यो पटक रास्वपा नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिएर अर्थमन्त्रीले दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।