काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार संयीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने छन् ।
यस्तै, बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको छ ।
यसैगरी, आर्थिक वर्ष २०८३–०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकमा सभामुखले उक्त वार्षिक नीति तथा कार्यक्रमलाई संसदमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचमा उल्लेख छ ।