काठमाडौं । नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डसँग डीएलएस प्रणालीका आधारमा दुई रनले पराजित भएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्यान्डले घरेलु टोलीलाई २४४ रनको लक्ष्य दिएको थियो । तर, दोस्रो इनिङ वर्षाका कारण प्रभावित भएपछि अम्पायरले लक्ष्यलाई २२१ रनमा छोट्याउँदै उक्त लक्ष्य ३९ ओभरमा भेट्टाउन पर्ने घोषणा गरेका थिए ।
जसमा २२१ रनको लक्ष्य पछ्याएको घरेलु टोली २१८ रनमा समेटिएको हो । नेपाललाई सस्तैमा रोक्न स्कटल्यान्डका ब्राड करीले तीन विकेट लिए । मार्क वाटले दुई विकेट लिँदा ओलिभर डेविडसन र ज्याक ग्रेभिसले समान एक विकेट लिए । नेपालका गुल्सन झाले ६१ रनको अर्धशतकीय पारी खेले । अविजित रहेका गुल्सनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे ।