काठमाडौँ । आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार ३०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार २७५ मा खरिदबिक्री भएको थियो ।