काठमाडौं । नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २७५ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १५५ मा कारोबार भएको थियो । गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो ।