काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। दोस्रो चरणअन्तर्गत कम्पनीले कुल २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयर निष्कासन गरेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित भोजपुर क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड गरिसकेको छ। अब भने बाँकी सेयर सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध गराइएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणालीमार्फत सजिलै गर्न सकिनेछ। कम्पनीका अनुसार यो आईपीओमा आवेदन दिने अवधि छिटोमा वैशाख २८ गतेसम्म रहनेछ भने आवश्यक परेमा जेठ ६ गतेसम्म लम्बिन सक्नेछ।