काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानलाई जितका लागि २५७ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोडेको हो।
नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ९४ रनको योगदान दिए। उनी मात्र ६ रनले आफ्नो शतक बनाउन चुकेका थिए। अर्का युवा ब्याटर अर्जुन कुमालले ४८ रन जोड्दै नेपालको इनिङ्सलाई बलियो आधार प्रदान गरे।
नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पु¥याउन आरिफ शेखले आक्रामक पारी खेले। उनले मात्र २४ बलको सामना गर्दै ४३ रन जोडे। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रनको योगदान दिए।
ओमानका तर्फबाट नदीम खानले किफायती बलिङ गर्दै ३ विकेट लिए। यस्तै, शकील अहमद र हसनैन शाहले समान २–२ विकेट झारे भने जितेन रामानान्दी र आर्यन विस्टले एक–एक विकेट लिएका थिए। ओमान अहिले २५७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङको तयारीमा छ।