काठमाडौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा ३८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर सुनको भाउ आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा झरेको छ। हिजो सुनको भाउ तोलाका २ लाख ९४ हजार ८०० रुपैयाँ थियो।
गएको आइतबार १ हजार र सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको थियो। त्यसैगरी चाँदीको भाउ पनि आज तोलामा १५० रुपैयाँ घटेर ४ हजार ८८० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो।