काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा तीन हजार रुपैयाँ घटेको सुनको मूल्य यसदिन पनि प्रतितोला तीन हजार रुपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपैयाँ घटेको हो।