काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले यस चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर छुट्याएको जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहनेहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गर्न सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार आईपीओ छिटोमा वैशाख २२ गते बन्द हुनेछ । यदि पर्याप्त आवेदन नपरेमा भने ढिलोमा वैशाख ३० गतेसम्म खुला रहनेछ । ,।यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले सम्हालेको छ ।