काठमाडौँ । स्नो रिभर्स लिमिटेड ले सर्वसाधारणका लागि यही बैशाख २९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा जेठ १ गतेसम्म र पूर्ण आवेदन नपरेमा ढिलोमा जेठ १२ गतेसम्म खुला रहनेछ । इक्रा नेपाल ले कम्पनीलाई ‘डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटल लिमिटेड ले पाएको छ ।