काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमान सम्मिलित त्रिकोणात्मक शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
एक दिवसीय विश्वकप छनोटका दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको यो लिग–२ शृङ्खलामा नेपालले घरेलु मैदानमा यूएई र ओमानसँग प्रतिस्पर्धा गर्दैछन् ।
वैशाख १२ गते शनिबार बिहान ९ः३० बजे पहिलो खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेलमा १४ गते सोमबार यूएई र ओमान भिड्दैछन् भने तेस्रो खेलमा नेपाल र ओमान १६ गते बुधबार प्रतिस्पर्धा गर्दैछन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने तीन खेलको टिकट खल्ती एपमार्फत् किन्न सकिने क्यानले जनाएको छ । टिकट बिहीबार साँझ ७ बजेपछि खुल्ने क्यानले जनाएको हो ।