काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन तोलामा १८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ ।
हिजो तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो । चाँदी भने तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको छ । अघिल्लो दिन पाँच हजार १३० मा कारोबार भएको थियो ।