काठमाडौं । ’अण्डर लाइट्स’ टी–२० आई सिरिज अन्तर्गत आज घरेलु मैदानमा भइरहेको प्रतिस्पर्धामा नेपालले युएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। फ्लडलाइटको उज्यालोमा भइरहेको खेलमा नेपाली टोलीले युएईलाई सस्तैमा समेट्ने रणनीतिका साथ फिल्डिङ रोजेको हो।
आजको खेलमा नेपाली टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। टोलीको बलिङ आक्रमणलाई धारिलो बनाउन अनुभवी सन्दीप लामिछाने र शाहब आलमसँगै युवा बलरहरू हेमन्त धामी र सन्तोष यादवलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी, विकेटकिपरको भूमिकामा लोकेश बम रहेका छन्।
नेपाली टोलीको ब्याटिङ र बलिङ लाइनअप निकै सन्तुलित देखिएको छ। अनुभवी ब्याटरहरू कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले टोलीको अग्रपंक्ति सम्हाल्नेछन् भने मध्यक्रमलाई मजबुत बनाउन गुल्सन झा र नन्दन यादवले स्थान बनाएका छन्।
घरेलु दर्शकको साथ र फ्लडलाइट मुनिको कन्डिसनमा नेपाली टोलीले युएईलाई दबाबमा राख्ने लक्ष्य लिएको छ।