काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य १६ सयले बढ्दा तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ ।
सोमबार सुन तोलामा दुई लाख ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।
३० रुपैयाँले घटेको चाँदी प्रतितोला पाँच हजार १६० कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा पाँच हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।