काठमाडौँ। चालु आर्थिक वर्ष २०८२८३ को नौ महिनामा नेपालबाट करिब साढे १० अर्ब रुपैयाँ बराबरको अलैँची विदेश निर्यात भएको छ। भन्सार विभाग का अनुसार चैत मसान्तसम्म १० अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरिएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ। गत वर्ष यही अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ३ हजार ४४४ मेट्रिक टन मात्र अलैँची निर्यात गरेको थियो।