काठमाडौँ । नेपाल र यूएईबीचको टी– २० आई सिरिजको दोस्रो खेल आज हुँदै छ । खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।यो सिरिजको दोस्रो तथा अन्तिम खेल हो । पहिलो खेल सोमबार भएको थियो । सोमबारको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।
वर्षा कारण प्रभावित खेल डीएल मेथडका आधारमा १० ओभरमा खेलाइएको थियो । जारी सिरिजमा नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरेका छन् । टोलीमा दीपेन्द्रसँगै सन्दीप लामिछाने, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, शेर मल्ल, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त दामी र शाहव आलम छन् ।