काठमाडौँ । सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ । गत शुक्रबारको अर्थ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकिएको छ ।
महालेखाका कार्यालयले मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन हुने जनाएको छ । समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको अर्थमन्त्रालयको भनाइ छ। रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ। त्यसमै १५–१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्न लागिएको छ ।

