काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो प्रतितोला दुई लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज दुई हजार २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ हजार २२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।