काठमाडौँ । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदान मा यूएईविरुद्ध हुने टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोली सार्वजनिक गरेको हो। यसपटक पूर्वकप्तान रोहित पौडेल भने १५ सदस्यीय टोलीमा समावेश भएका छैनन्। टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। मल्लले पछिल्लो पटक टी-२० विश्वकप एसिया छनोट खेलेका थिए भने साउदले सन् २०२२ मा केन्याविरुद्ध खेल्दै अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति जनाएका थिए।
यसैगरी सन्तोष यादव र हेमन्त धामी पनि टी-२० आई टोलीमा समावेश भएका छन्। क्यानका अनुसार ओडिआई टोलीको नेतृत्व भने रोहितले नै गर्नेछन्। टोलीमा दीपेन्द्रसिंह ऐरी,सन्दीप लामिछाने,कुशल भुर्तेल,कुशल मल्ल,सन्दीप जोरा,आरिफ शेख,बसिर अहमद,गुल्शन झा,लोकेश बम,नन्दन यादव,सन्तोष यादव,अर्जुन साउद,हेमन्त धामी,शाहाब आलम,शेर मल्ल रहेका छन् ।
रिजर्भ खेलाडीमा,प्रतिश जीसीनारायण जोशी राशिद खान छन्