काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।
महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ कायम गरिएको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो । सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
महासंघका अनुसार चाँदी आज तोलामा १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा बिक्री भएको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३९८ रुपैयाँ तोकिएको छ ।