काठमाडौं । वर्ष ०८३ को पहिलो दिन मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलमा ३१ सयले बढेको हो ।
महासंघले आजका लागि प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकेको छ ।
हिजो तोलाको दुई लाख ९६ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चार हजार ९०० मा कारोबार भएको थियो ।