काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्सेमा ४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४.१८ अंकले घट्दै २ हजार ८३३.६० अंकमा झरेको हो । यस दिन ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ६३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक आज वृद्धि भएको छ भने बाँकी बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक आज ऋणात्मक भएका छन् । १५३ कम्पनीको शेयर मूल्य घट्दा आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ । आज चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।