काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार ४ सय रुपैयाँले घटेर तोलाको दुई लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि ७५ रुपैयाँले घटेर चार हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो । आज यो वर्षको अन्तिम दिन पनि हो ।