काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.४६ अंकले घट्दै २८३७.७७ बिन्दुमा कायम भएको छ। यो ०.४७ प्रतिशतको गिरावट हो।
आज ३३५ कम्पनीका दुई करोड १० लाखभन्दा बढी कित्ता सेयर ९७ हजारभन्दा बढी कारोबारमा रु ८ अर्ब ९९ करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा जलविद्युत् र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूह सबैमा गिरावट देखिएको छ। आजको कारोबारमा केही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि समग्र बजारमा गिरावट देखिएको हो।