काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ । बुधबार नेप्सेले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद्ले २२ गते गरेको निर्णयअनुसार अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको हो ।
सरकारले २२ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र शनिबार र आइतबार सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।
