काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा खटाइएका तर हालसम्म कार्यक्षेत्रमा हाजिर नभएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तत्काल हाजिर हुन कडा निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक ’अत्यन्त जरुरी सूचना’ जारी गर्दै तोकिएको समयमा हाजिर नहुने कर्मचारीमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको नियमित उपस्थिति नहुँदा र खटाइएका कर्मचारीहरू समयमै कार्यालय नपुग्दा दैनिक सेवा प्रवाहमा गम्भीर असर परेको मन्त्रालयको ठहर छ । विभिन्न स्थानीय तहबाट कर्मचारी अनुपस्थितिका कारण कार्यसम्पादनमा बाधा पुगेको भनी निरन्तर गुनासो आएपछि मन्त्रालयले यस्तो ताकेता गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटिएका कर्मचारीहरूलाई तत्काल सम्बन्धित कार्यालयमा उपस्थित भई कामकाज सुरु गर्न भनिएको छ ।
मन्त्रालयले ’व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ को नारालाई आत्मसाथ गर्दै कर्मचारीहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
मालपोत र नापी कार्यालयमा बिचौलिया प्रवेश निषेध, सेवाग्राहीलाई सहज सेवा सुनिश्चित
मालपोत र नापीका यी नम्बरमा गुनासो टिपाउन र सूचना दिन सकिने