काठमाडौँ । नेपाली बजारमा सोमबार सुन चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।