काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको केहि बढेको छ । शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९४ हजारमै कारोबार भइरहेको छ । यता चाँदीको मुख्य भने केहि उकालो लाग्दै प्रतितोला चार हजार ८३० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको भाउ तोलामा ३६ सय रुपैंयाँले घटेर दुई लाख ९४ हजारमा कारोबार भएको थियो । बुधबार सुनको भाउ तोलामा ७४ सय रुपैयाँले बढेर दुई लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँ घटेर चार हजार ७८० रुपैयाँमा झरेको थियो ।
बुधबार चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ थियो । गत माघ १५ गते एकै दिन तोलामा २० हजार पाँच सय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य यहि नै हालसम्मकै सबैभन्दा उच्च हो ।