काठमाडौँ । निरन्तर बढिरहेको सुन-चाँदीको भाउ आज (बिहीबार) नेपाली बजारमा घटेको छ । बुधबार प्रतितोला सात हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबारर सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।