काठमाडौं । बुधबार फेरि सुनको मूल्य ह्वातै बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ७४ सय रुपैयाँले बढेको हो ।
आजका लागि प्रतितोला दुई लाख ९७ हजार ६०० निर्धारण गरिएको छ । अघिल्लो दिन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको छ । हिजो चार हजार ८४५ रुपैयाँमा काराबोर भएको थियो ।