धनगढी । दार्चुला जीप दुर्घटनाका घाइते तीन जनाको धनगढीको माया मेट्रोमा उपचार भइरहेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ ओसिलमा भएको जीप दुर्घटनामा घाइते भएका तीन जनाको माया मेट्रोमा उपचार सुरु भएको छ ।
आज बिहान ६ जना सवार सिँचाई कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । घाइते तीन जना अकबर महरा ,जीप चालक प्रकाश ठगुन्ना र मीनबहादुर पालको माया मेट्रोमा उपचार भइरहेको अस्पतालका पिआर म्यानेजर जगत महताले बताए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितराको घटनास्थलमा मृत्यु भएको थियो। घाइते तीनै जनालाई हेलिकप्टर मार्फत धनगढी ल्याइएको थियो । घाइते एक जना बिक्रम महर भने सामान्य रहेका छन् । उनको दार्चुलामै उपचार भईरहेको छ ।