काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ। पुलिसले मंगलबार तेस्रो जित निकाल्ने क्रममा वीरगञ्जमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई ६ विकेटले हरायो।
पुलिसले पाँच खेलमा तीन जित निकालेको छ भने एक खेल रद्द र एक खेलमा पराजय भोगेको छ। उसको सात अंक भएको छ। सात अंक नै भएका मधेश र त्रिभुवन आर्मी क्लब रनरेटमा पछि छन्। कोशीले भने अहिलेसम्म जित निकाल्न सकेको छैन।
वीरगञ्जमा पुलिसले कोशीले दिएको १६३ रनको लक्ष्य ४ विकेटको क्षतिमा ३३.५ ओभरमा पूरा ग¥यो।