काठमाडौं । मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ हजार ७ सय रुपैयाँले बढेको हो । आजका लागि प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर चार हजार ८४५ रुपैयाँ पुगेको छ । हिजो चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।