काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा २५ सय रुपैयाँले घटेको छ ।
आजका लागि प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन दुई लाख ८६ हजारमा कारोबार भएको थियो । यस्तै आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आजका लागि चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।