काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई सात विकेटले पराजित ग¥यो । बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
बलिङतर्फ बागमतीको रिजन ढकाल, सन्दीप लामिछाने र सुवास खत्रीले समान एक–एक विकेट लिए ।
प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले रु पाँच लाख प्राप्त गर्ने जनाइएको छ ।