काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । यसदिन नेप्से १४ अंकले बढेर परिसुचक २९३५ मा पुगेको छ । यसदिन कारोबार रकम भने घटेको छ। अघिल्लो दिन १५ अर्बको कारोबार भएकोमा आज १३ अर्बको कारोबार भयो । कारोबारमा आएका १७८ कम्पनीको मूल्य बढेको छ भने ८० कम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्राइन्सक्चर, एसवाई प्यानल, नेशनल हाइड्रो र रिडी पावर अगाडि रहे । यसदिन ५ कम्पनीको मूल्यमा सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन,सोलु हाइड्रो र भुजुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो ।
आज पञ्चकन्या माई हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घट्यो । यसदिन विकास बैक, लाइफ इन्सोरेनस र व्यापार बाहेक सबै सूचक उकालो लागे ।