काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २९ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार, आजको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलमा १०० रुपैयाँले घटेर चार हजार ८२० कायम भएको छ ।