काठमाडौँ । भदौ २३ र २४ को हिंसात्मक घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई फौजदारी कसूरमा कारवाही सिफारिस गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङविरुद्ध मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभएपनि जनआस्थाले केही अंशसहित सार्वजनिक गरेको प्रतिवेदनमा उनिहरुलाई १० वर्षसमम जेल सजायको माग गरेको छ ।
२३–२४ भदौको जेन–जी आन्दोलनमा भएको घटनाको सत्यतथ्य छानिबन गर्न प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा एक आयोग गठन गरेको थियो । आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाए पनि प्रतिवेदन सार्वजनिक गर्ने या नगर्ने भन्नेमा सरकार अलमलमा छ । प्रतिवेदन सार्वजनिक हुनुपर्ने मागसहित सडकमा समेत दिनहुँ प्रदर्शन भइरहेका छन् ।