काठमाडौं । केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।