काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको भारी जित हात पारेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रन बनाएको थियो। त्यसपछि २९५ रनको लक्ष्य पछ्याएको गण्डकी टोली ३१.५ ओभरमै १२४ रनमा समेटिएको थियो। खेलमा बागमतीका ईशान पाण्डे उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ६१ बलमा ७१ रन बनाउँदै, २ विकेट लिएर टोलीको जीतमा निर्णायक भूमिका निर्वाह गरे। यो जितसँगै बागमती प्रदेशको अंक तालिकामा स्थिति मजबुत भएको छ र खेलप्रेमीहरूमा उत्साह फैलिएको छ।