काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सुदूरपश्चिमले ४ विकेटको जित निकालेको छ। वीरगञ्जमा टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा ११९ रनमै अलआउट भयो।
कर्णालीका लागि विपिन रावलले ३३ रन, सुनिल धमलाले २८ रन र अरविन्द घर्तीले १३ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ६ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा १६ रन खर्चिए।
१२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो। उसका लागि किरण ठगुन्नाले २६ रन र खडक बोहराले २३ रन बनाए। बलिङमा कर्णालीका अनुज चनरा र दिवान पुनले २–२ विकेट लिए।