काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन्। उनलाई जेबी ब्रुजेसले अनुबन्ध गरेको हो। जेबी ब्रुजेस नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्स (जेबी)को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।
इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो।बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँगको साझेदारीमा आयोजना हुन लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म चल्नेछ।