काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ५४ सयले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला ३ लाख सात हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै, आज चाँदीको मूल्य १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।