काठमाडौँ । मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२ अंकमा पुगेको छ। कारोबार रकम पनि अघिल्लो दिनको ११ अर्ब ९७ करोडबाट १२ अर्ब ३ करोडमा सामान्य रूपमा वृद्धि भएको छ। मंगलबार १३२ कम्पनीको मूल्य बढ्दा ११३ कम्पनीको घट्यो र १७ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत हिसाबमा हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले बढेको छ। बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१ र उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशतले बढेका छन्।अर्कोतर्फ, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ र अन्य समूह ०.१० प्रतिशतले घटेका छन्। चार कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरू हुन्स् रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन। त्यस्तै, शिवश्री हाइड्रोपावरको मूल्य ८.१ प्रतिशत, लिबर्टी इनर्जी ७.५३ प्रतिशत, माहुली लघुवित्त ६.४४ प्रतिशत र न्यादी हाइड्रोपावर ६.१६ प्रतिशतले बढेको छ। अपरहेवाखोला हाइड्रोपावरको मूल्य २.२६ प्रतिशतले घटेको छ। आज धेरै कारोबार भएका कम्पनीहरूमा रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर पर्छन्।