काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी बालगोपाल साहुखल र चेतकुमार घिमिरेले पाएका छन् ।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मा सहायक प्रशिक्षकद्वयसहित टिम व्यवस्थापक मदनलाल श्रेष्ठ, सहायक व्यवस्थापक राजीवकुमार यादव र ‘पर्फमेन्स एनालिस्ट’ को जिम्मेवारी पंकज शाहीले जिम्मेवारीसहित पत्र पाएका हुन् ।
नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण खेलका लागि यी पदाधिकारीहरुलाई एन्फा महासचिव किरण राईले सम्झौता हस्तान्तरण गरेका हुन् । हाल यो खेलका लागि प्रमुख प्रशिक्षक गुल्लिएल्मो एरेनाको प्रशिक्षणमा ४९ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।