काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ४ सयले बढेर रु ३ लाख ९ हजार ९ सय कायम भएको छ । सोमबार भने सुन प्रतितोला रु ३ लाख ९ हजार ५ सय रहेको थियो ।
त्यसैगरी, १० ग्राम सुनको मूल्य मंगलबार रु २ लाख ६५ हजार ६९० पुगेको छ भने सोमबार रु २ लाख ६५ हजार ३४५ कायम थियो ।चाँदीतर्फ पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले रु ५ हजार ३३५ पुगेको छ ।