काठमाडौँ । शिखर पावर लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड को कार्यालयमा बाँडफाँड गरिएको हो।
कम्पनीका अनुसार आईपीओमा कुल २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयरका लागि आवेदन परेको थियो। तीमध्ये ३६ हजार ५०० आवेदकको ४ लाख २२ हजार २०० कित्ता आवेदन विभिन्न कारणले रद्द भएको छ। बाँकी २६ लाख ५० हजार ८४७ आवेदकको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ता आवेदन स्वीकार गरिएको छ। सदर आवेदनमध्ये गोलाप्रथाबाट १० कित्ता दरले १ लाख ८४ हजार २६० जना आवेदकले मात्र शेयर पाएका छन्। बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदक आईपीओबाट वञ्चित भएका छन्। उच्च आवेदनका कारण अधिकांश लगानीकर्ताले शेयर नपाएको देखिएको छ।